Rule 111
समितिको बैठक र निर्णय
(१) समितिको बैठक समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा. वर्षको कम्तीमा दुई पटक र आवश्यकता अनुसार बस्नेछ |

(२) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ।

(३) समितिको सदस्य-सचिवले बैठकमा छलफल हुने विषय बैठक बस्नुभन्दा तीन दिन: अगावै सदस्यलाई जानकारी गराउनु पर्नेछ।

(४) समितिको बैठकमा कुल सदस्य सङ्ख्याको पचास प्रतिशत भन्दा बढी सदस्य-उपस्थित भएमा बैठकको गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।

(५) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा: बैठकको अध्यक्षको मत निर्णायक हुनेछ।

(६) समितिको बैठकको निर्णय सदस्य-सचिवले प्रमाणित गर्नेछ।